१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रथम पचभैया वडास्तरीय भलिबल प्रतियोगिता हुने

लेखक स्थानीय खबर २ बैशाख २०७६, सोमबार १ मिनेट पढाइ

बैशाख २, पोखरा । पोखरा महानगरपालिका ३१ मा क्रियाशील प्रगतिशील युवा मञ्चको आयोजनामा प्रथम पचभैया वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष सुनिल थापाले यही वैशाख ५ गतेदेखि गाईघाट (पचभैया) खेल मैदानमा भलिबल प्रतियोगिता हुने जानकारी दिए ।

पर्यटकीय शहर पोखरामा खेल पर्यटनको समेत विकास गर्दै यसैका माध्यमबाट आन्तरिक पर्यटनको प्रवर्धन र भलिबल खेलको विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।

जम्मा ४० टिमले सहभागिता जनाउने अपेक्षा राखिएको प्रतियोगिता अवधिमा आठदेखि १० हजार दर्शकले हेर्ने अनुमान गरिएको छ । प्रतियोगिताका प्रचारप्रसार संयोजक ऋषिकान्त पौडेलका अनुसार प्रतियोगितामा प्रथम हुने र द्वितीय हुनेलाई क्रमशः ५०,००० र ३०,००० सहित शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिने छ ।

विसं २०६२ मा स्थापना भएको उक्त क्लबले प्रतियोगिता सञ्चालनबाट प्राप्त आम्दानीको रकमबाट खेल मैदान निमार्ण गर्ने लक्ष्य राखेको छ । रासस

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।