१५ मंसिर २०८२, आइतबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोना–बेनी–लभ्लीहिल पदमार्गको निर्माण कार्य अलपत्र



वैशाख २, म्याग्दी । स्थानीय सरकार, प्रवासी र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा सञ्चालित म्याग्दीको मोना–बेनी–लभ्लीहिल पदमार्गको निर्माण कार्य अलपत्र बनेको छ ।

गत भदौमा शिलान्यास भएर चार महीनापछि पुस पहिलो हप्तादेखि निर्माण शुरु भएको बेनीदेखि पर्यटकीयस्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य विगत एक महीनादेखि रोकिएको छ ।

साझेदार निकायबीचको असमझदारी, अविश्वास र ढिलासुस्तीका कारण बेनी नगरपालिकाले म्याग्दी उद्योग वाणिज्य सङ्घ र प्रवासी नेपाली म्याग्देली सङ्घ ९मोना० सँगको साझेदारीमा बेनपा २ हाँडेभिरदेखि लभ्लीहिलसम्मको उकालोमा बनाउन लागेको पदमार्ग अलपत्र परेको हो ।

उपभोक्ता समितिले आफूले गर्नुपर्ने काम दोस्रो व्यक्तिलाई ठेक्कामा दिएपछि साझेदार निकायबीच अविश्वास पैदा भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्य उपभोक्ता समितिको अध्यक्ष रहेको यो पदमार्ग निर्माणको काम दोस्रो व्यक्तिलाई ठेक्कामा दिएको भन्दै नगरपालिका र मोनाले असन्तुष्टि जनाएका छन् ।

अध्यक्ष कर्माचार्यले भने पदमार्गका मजदूर बेनी बजार संरक्षण आयोजनामा परिचालन भएकाले काम रोकिएको बताए । बजार संरक्षण योजनामा छोटो समयमा धेरै काम गर्नुपर्ने तर मजदूर नपाएकाले पदमार्गका मजदूरसमेत नदी नियन्त्रण योजनामा परिचालन गरिएको उनले बताए ।

नगरपालिकाले तीनवटै पक्षले कूल परिणामको कामको भुक्तानी समानुपातिक रुपमा गर्नुपर्ने अडान लिएपछि उद्योग वाणिज्य सङ्घ र मोनाले आर्थिक स्रोत जुटाउन नसकेपछि पदमार्ग निर्माण रोकिनुको अर्को कारण हो ।

अध्यक्ष कर्माचार्यले भने सङ्घ र मोनाले समितिको खातामा जम्मा गर्नुपर्ने रकम व्यवस्थापन भइसकेको दाबी गरे । ६७७ मिटर पदमार्ग बनाउनुपर्नेमा हालसम्म ३५० मिटर मात्र बनेको बेनी नगरपालिकाका इञ्जिनीयर विमलरञ्जन कार्कीले बताए ।

१।८ मिटर चौडाइ भएको दायाँबायाँ दुवैतर्फ रेलिङसहितको पदमार्ग निर्माणमा ७६ लाख लागत अनुमान गरिएको छ । नगरपालिका, मोना र सङ्घले क्रमशः ५०, ४० र १० प्रतिशत लगानी गर्ने सम्झौता भएको थियो । रासस

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार ००:००