११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पामा केवलकार सञ्चालन हुने



चैत २८, राामपुर । पाल्पामा पनि अब केवलकार सञ्चालन हुने भएको छ । तिनाउ गाउँपालिकादेखि बुटवल उपमहानगरपालिकासम्म जोड्ने गरी केवलकार सञ्चालनमा ल्याउने लुम्बिनी केवलकार प्रालिका प्रोपाइटर तेजप्रसाद विकले बताए

तिनाउ– ३ वसन्तपुरमा माथिल्लो सबस्टेशन र बुटवल– ३ बमघाटमा तल्लो सबस्टेशन रहनेछ । ३ किलोमिटरको दूरीमा १८ देखि २० केवलकार सञ्चालन गरिनेछ ।

५ वर्षअघि सर्वेक्षण भइसकेको त्यस क्षेत्रमा केवलकार सञ्चालनका लागि रु तीन अर्ब ५२ करोड लागत लाग्ने अनुमान गरिएको छ । वसन्तपुरमा कामेक्षा मन्दिर निर्माण र १ सय ५० कोठासहित सुविधासम्पन्न होटल–रेष्टुरेन्टसमेत सञ्चालन गर्ने तयारीछ ।

रुपन्देही तथा पाल्पा क्षेत्रका बासिन्दालाई जतिसक्दो स्वरोजगार बनाउने र अधिकतम रुपमा पर्यटकलाई भित्र्याउने योजना प्रालिको छ । प्रदेश नं ५ कै महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै लुम्बिनी आएका बाह्य तथा आन्तरिक पर्यटकलाई पाल्पासम्म ल्याउने योजनाले केवलकार सञ्चालन गरिने भएको हो ।

लुम्बिनी आएका पर्यटकलाई पाल्पाका पर्यटकीय क्षेत्रको अवलोकनपछि मात्रै पोखरा पुग्ने वातावरण मिलाइने तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए ।

प्रदेश नम्बर ५ को मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित बुटवल रुपन्देहीको सिमानाका रुपमा रहेको तिनाउँ गाउँपालिकामा रहेर ओझेलमा परेको सुकेताललगायत पाल्पाकै बहिरीदेवी सत्यवतीको विकासमा समेत नयाँ योजना ल्याउने तयारी रहेको विकले बताए ।

केवलकार सञ्चालनसँगै स्थानीय ६० प्रतिशत नागरिकलाई रोजगारी दिइने र पाल्पामा दैनिक १० लाख पर्यटक भित्र्याइने केवलकार प्रालिका प्रोपाइटर विकको धारणा छ ।

एशियाकै ठूलो त्रिशूल, पाल्पाली करुवा र ढाका तथा नेपालको ताजमहल रानीघाटको नामले पर्यटक पाल्पा आउने गरे पनि अब केवलकारबाट पर्यटकलाई आकर्षण गर्ने योजना छ । केवलकार सञ्चालन गर्न पाल्पा तथा रुपन्देही बुटवलका सरोकार पक्षको छलफलपछि छिट्टै शिलान्यास गरेर २ वर्षभित्र काम सक्ने योजना छ । रासस

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहिबार ००:००