१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोलुङ दोभान पुलः सक्नुपर्ने समयमा शुरु



चैत १३, ओखलढु्ङ्गा । लामो समय जनप्रतिनिधि नभएका कारण अलपत्र परेका भनिएका आयोजना जनप्रतिनिधि आएपछि पनि उस्तै अवस्थामा छन् । मोलुङ दोभान पुलःनिर्माणको काम सक्नुपर्ने समयमा भर्खर शुरु गरिएको छ । पहिले सम्झौता भएको म्याद सकिएर फेरि थपिएको म्याद पनि सकिएपछि काम शुरु गरिएको हो ।

पुलको दुवै तर्फ पिल्लर उठाउने काम भइरहेको छ । काम सुस्त भएकाले यो वर्ष पनि कामसक्ने सम्भावना कम छ । तर ठेकेदार कम्पनीका दिपेश लामाले २५ प्रतिशत काम भइसकेको दाबी गरे । “कारणबस ढिला भए पनि वर्षा नलाग्दै काम सकिन्छ,” उनले भने, “०७५ असार मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो, त्यो समयमा काम नभएपछि फेरि पुस मसान्त सम्मका लागि म्याद थपिएको थियो ।”

सांसदलाई पनि ठगे ठेकेदारले

मोलुङ एकबार सडक आयोजना अन्तर्गत पर्ने मोलुङ दोभान र मान्द्रे दोभानको पुलःनिर्माणको काम पुस मसान्तसम्ममा सम्पन्न गर्ने भनेर ठेकेदारले गत चैतमा प्रतिबद्धता जनाए पनि काम भने अघि बढाएनन् ।

जेठ मसान्तसम्ममा पुलको जीप तयार गर्ने, मङ्सिर मसान्तसम्ममा ट्रष्ट जोड्ने र पुस मसान्तसम्ममा पुलःनिर्माण गरेर माघको पहिलो साताबाट सवारी सञ्चालन हुने अवस्था तयार गर्ने वाइवा केउरीनी जेभी कन्ट्रक्सनका प्रतिनिधि रवीन्द्र लामाले जिल्लास्थित सांसद र सरोकारवालासामु गत चैत २७ गते लिखित प्रतिबद्धता जनाएका थिए ।

भ्याटसहित चार करोड तीन लाखमा मोलुङ दोभानको पक्की पुल २०७५ असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्नेगरी २०७३ असारमा वाइवा केउरीनी जेबी कन्ट्रक्सनले ठेक्का सम्झौता गरी जिम्मा लिएको थियो । वाइवा केउरीनी जेबी कन्ट्रक्सनले नै दुई वर्षअघि सक्नेगरी ठेक्का लिएको मान्द्रे दोभानको पुलको काम पनि अघि बढ्नसकेको छैन ।

जिल्लाका दर्जन भन्दा बढी विकासका आयोजना ठेक्का लागेर पनि निर्माण सम्पन्न गरिसक्नुपर्ने समय सकिँदासम्म काम शुरु नै गरिएको छैन । कतिपय आयोजना आधा काम गरेर अलपत्र अवस्थामा छाडिएको छ । रासस

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार ००:००