१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदुर नगरपालिकामा ‘स्थानीय आपत्कालीन केन्द्र’ सञ्चालनमा



चैत १२, नुवाकोट । विदुर नगरपालिकामा विपद् आएको खण्डमा तत्काल सामना गर्न र विपद् न्यूनीकरणका लागि भन्दै ‘स्थानीय आपत्कालीन केन्द्र’ सञ्चालनमा ल्याइएको छ ।

नगरपालिकाले जीआइजेड सिँढीमुनिको सहयोगमा आपत्कालीन केन्द्र सञ्चालनमा ल्याएको हो । सोमबार केन्द्रको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले विपद्लाई रोक्न नसके न्यूनीकरण गर्न नसकिने भएकाले यस्ता केन्द्र सञ्चालन पश्चात कुनै विपद् आइहालेमा त्यसबाट क्षति कम गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले विदेशीले जस्तै नेपालीले घरबाट कतै निस्कदा वा कुनै काम गर्दा पहिले नै मौसम, बाटोघाटो लगायतको विषयमा पूर्व जानकारी लिएर मात्र काम गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिए ।

नगर प्रमुख सञ्जु पण्डितले विपद्को सामना गर्न केन्द्र स्थापना पश्चात सहज हुने बताए । उनले विपद् कहिले आउँछ भन्ने एकीन नभए पनि आउनसक्ने विपद्लाई रोक्न र आइहाले क्षति न्यूनीकरण र तत्काल उद्धारका लागि केन्द्र स्थापनापछि सहज हुने बताए ।

केन्द्रले सम्बन्धित क्षेत्रको सूचना सङ्कलन गर्ने, सरकारी गैरसरकारी निकाय, नागरिक समाज, व्यावसायिक तथा निजी क्षेत्रसँग विपद् प्रतिकार्य तथा शीघ्र पुनःलाभका कार्यलाई प्रभावकारी बनाउन सहकार्य र समन्वय गर्ने प्रमुख पण्डितले प्रतिबद्धता जनाए । रासस

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार ००:००