१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँकेको नरैनापुर गाउँपालिकामा साक्षरता अभियान शुरु



पुस १६, नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा शुरु भएको साक्षरता अभियानका लागि आवश्यक पर्ने शैक्षिक सामग्री सहजकर्तालाई हस्तान्तरण गरिएको छ ।

चैत महीनाभित्र तीन हजार निरक्षरलाई साक्षर बनाउने लक्ष्यअनुसार गाउँपालिकाका ६ वटै वडामा खटिने १०० सहजकर्तालाई १४ लाख मूल्य बराबरका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

आइतबार गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष इस्तियाकअहमद शाहले सहजकर्तालाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

सामग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष शाहले गाउँपालिकालाई औँठाछापबाट मुक्त बनाउन साक्षरता अभियान शुरु गरिएको बताए । नरैनापुरमा १२ हजार नागरिक निरक्षर रहेको गाउँपालिकाको शिक्षा शाखाको तथ्याङ्कमा उल्लेख छ । रासस

प्रकाशित मिति : १६ पुस २०७५, सोमबार ००:००