१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठेकेदारको लापरवाहीले हुम्लाका ९ झोलुङ्गे पुल अलपत्र



चैत ११, हुम्ला । ठेकेदारको चरम लापरवाहीले निर्माण भइ सक्नुपर्ने ९ वटा झोलुङ्गे पुल अलपत्र परेका छन् । झोलुङ्गे पुलका ठेकेदारले समयमा सामान ढुवानी नगर्दा हुम्लाका यी पुलहरू अलपत्र परेका हुन् ।

२०७२ सालमा टर्सी काग्रो ढुवानी सेवाका सोनाम लामाले ४ वटा पुलको जिम्मा लिएका थिए । यसैगरि २०७३ मा अर्जुन निर्माण तथा अर्डर सप्लायर्सका दीपक रावलले ७ वटा झोलुङ्गे पुलको जिम्मा लिएका थिए ।

पुल निर्माणका सामान समयमै ढुवानी नगर्दा ०७३÷७४ मै सम्पन्न हुने निर्माण कार्य रोकिएको छ । त्यसमध्ये चङ्खेली गाउँपालिका–५ स्थित नेप्का गाउँको पोरीगाउँ खोला र अदाचली गाउँपालिकाको चाफेटडी झोलुङ्गे पुल निर्माण भएको छ ।

चाफेट्डी झोलुङ्गे पुल प्रमुख प्राथमिकतामा रहेकाले ०७५ मा निर्माण सम्पन्न भएको जिल्ला समन्वय समिति कार्यालय हुम्लाका इञ्जिीनियर देवी ऐडीले जानकारी दिए । पुलको निर्माण ९० प्रतिशत काम भएको छ ठेकेदारले सामान ढुवानी नगर्दा पुल अलपत्र परेको इञ्जिीनियर ऐडीले बताए ।

आर्थिक वर्ष ०७२÷७३ मा सकिनुपर्ने मुचु झोलुङ्गे पुल, बुराउसे घटेखोला, ठाडोखोला ठेहे र सिक्पा खोला राहदेवको झोलुङ्गे पुलको सामान ढुवानीका टर्सी काग्रो ढुवानी सेवाका सोनाम लामाले लिएका छन् ।

त्यस्तै आव ०७४÷०७५ मा सम्पन्न हुनुपर्ने चारटङ्ग्रे चौगानफायाँ, ढकानीकुना श्रीनगर, मछारी खोला कालिका, खारखोला दार्मा मिमि खोला, पोरीगाउँ खोला नेप्का, बालुखोला ट्रस गोठी रोडिकोट सामान ढुवानी जिम्मा अर्जुन निर्माण तथा अर्डर सप्लायर्सका दीपक रावतसँग सम्झौता भएको ऐडीले जानकारी दिए । रासस

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार ००:००