१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेपलाञ्चोकको एउटा वडा बाहेक सबैमा मतदान



काठमाडौँ, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ४ नं. वडाबाहेक पहिलो चरणको निर्वाचन भइरहेका सबै मतदान केन्द्रमा मतदान भइरहेको छ ।

आयोगका सचिव गोपीनाथ मैनालीले शनिबार राति अज्ञात समूहले नमोबुद्धनिवासी नवराज पाठकको हत्या गरेको घटनाका कारण सो वडाको मतदान स्थगन गरिएको जानकारी दिए । पर्वतको पीपलटार, रामेछापको दोरम्बा, दोलखाको दुप्तेश्वर, सुनकोसी लगायत ठाउँमा मतदानका क्रममा केही विवाद उत्पन्न भए पनि मतदान जारी रहेको बताइएको छ ।

डोल्पामा ६० प्रतिशत मतदान

आयोगका सचिव मैनालीले निर्वाचन भएका जिल्लामा हालसम्म ४० प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी दिए । उनले भने, “देशभर उत्साहजनक रुपमा मतदाता मतदानमा सहभागी भएको पाइएको छ, मतदान स्वतन्त्र र धाँधलीरहित रुपमा सम्पन्न हुँदैछ ।”

डोल्पामा ६० प्रतिशतभन्दा बढी मतदान भइसकेको विवरण प्राप्त भएको उनले बताए । रासस

प्रकाशित मिति : ३१ बैशाख २०७४, आइतबार ००:००