१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणघाट–बुटवल सडक चार लेनमा स्तरोन्नति गरिँदै



चैत ८, काठमाडौं । नारायणघाट–बुटवल ११४ किमी सडक चार लेनमा स्तरोन्नतिको शुभारम्भ आज हुने भएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति हुन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बुटवलमा सडक स्तरोन्नतिका लागि शिलान्यास गर्ने छन् । सडक स्तरोन्नतिका लागि गत पुसमा ठेक्का सम्झौता भएको थियो । दुई खण्डमा सडक स्तरोन्नति गर्न लागिएको आयोजना निर्देशनालय एडिबी का उपआयोजना निर्देशक सुरेश पौडेलले जानकारी दिए ।

पहिलो खण्ड गैँडाकोट–दाउन्ने ६५ किमी र दोस्रो खण्ड दाउन्ने–बुटवल ४८ किमी छ । दुवैको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले पाएको आयोजनाले जनाएको छ । कूल लागत १५ अर्बमा साढे तीन वर्षमा यो सडक चार लेनमा स्तरोन्नति गरिसक्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

निर्माण सम्पन्न भएको चार वर्षसम्म निर्माण व्यवसायीले नै मर्मतसम्भार गर्नुपर्ने उपआयोजना निर्देशक पौडेलले बताए । हाल निर्माण व्यवसायीले डिजाइनको काम गरिरहेको छ । दुई महीनामा भौतिकरुपमै सडक स्तरोन्नतिको काम शुरु हुनेछ । रासस

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार ००:००