३ बैशाख २०८१, सोमबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘दाङ–सुर्खेत सडक निमार्णकार्यले तीव्रता पायो’



चैत ३, दाङ । कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री प्रकाश ज्वालाले दाङ–सुर्खेत सडकखण्डको निर्माणकार्य छिटो सम्पन्न गर्न आफूले विशेष चासोका साथ लिइरहेको बताएका छन् ।

आज सल्यान जाने क्रममा तुलसीपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले दाङ खण्डको काम भइरहेको बताए । उनले सल्यानको सिमानामा पर्ने सडक कालिमाटी आसपासको ठाउँमा सडक निर्माणकार्य दूर्तगतिमा भइरहेको जानकारी दिदै सुर्खेतको सिमानामा सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

मन्त्री ज्वालाले राप्ती राजमार्ग अन्तर्गत दाङ र सल्यान सिमाना देखि सितलपाटी सम्मको करीब ४९ करोडको बहुवर्षीय योजनाको टेण्डर निकाल्ने तयारी भइरहेको बताए । त्यस्तै तुलसीपुर देखि दाङ–सल्यान सम्मको दुई लेनको सडकमा पनि बहुवर्षीय योजना अन्तर्गत करीब ५० करोडमा टेण्डर आह्वान गर्नका लागि अर्थ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयमा आफैँ पुगेर फाइल अगाडि बढाइएको समेत उनले जानकारी दिए । रासस

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार ००:००