१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घोराही उपमहानगरको वस्तुस्थिति समेटिएको नगर प्रोफाइल सार्वजनिक



चैत १, घोराही । घोराही उपमहानगरको वस्तुस्थिति समेटिएको नगर प्रोफाइल बिहीबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । नगर प्रोफाइलको प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सार्वजनिक गरे ।

मुख्यमन्त्री पोखरेलले योजना छनोटमा नगर प्रोफाइलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले विकासलाई के, कसरी, कुन ठाउँमा गर्ने भन्ने बारेमा पनि वस्तुस्थितिको विवरणले प्रस्ट हुने बताए ।

मुख्यमन्त्री पोखरेलले पछिल्लो समय दाङमा प्रशस्त सम्भावना भए पनि सिँचाइ र पिउने पानीको समस्या देखिएको भन्दै सानासाना टुक्रे योजनाभन्दा ठूला आयोजनाका बाटोतर्फ ध्यान दिनुपर्ने बताए । घोराहीका जनतालाई प्रशस्त पानी खुवाउन कटुवाखोलाको बाँध निर्माणको विषयमा अध्ययन गर्ने तयारीमा रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री पोखरेले आफ्नो क्षेत्रको विकासका लागि जनता र त्यहाँको जनप्रतिनिधिको उल्लेखनीय सहभागिता हुनुपर्ने बताए । “सरकारले चाहेर मात्रै हुँदैन जनता पनि सहभागी हुनुपर्छ,” उनले भने, “सरकारले कुनै पनि ठाउँमा जबर्जस्ती लाठी लगाएर विकास गर्दैन, जनताको चाहना र सहयोग पनि हुनुपर्छ ।”

उपमहानगरका प्रमुख नरुलाल चौधरीले वस्तुस्थिति दश खण्डमा बाँडिएर तयार पारिएको र उपमहानगरको परिवर्तित वस्तुस्थितिलाई समेटर बनाइएको जानकारी दिए । प्रोफाइल निर्माणका लागि करीब एक वर्ष लागेको बताइएको छ । दुई सय ८८ पृष्ठको पुस्तकमा जनसङ्ख्या, घरपरिवारको अवस्था, परिवारको पेशागत विवरण, घर निर्माण प्रक्रिया, नगरवासीको आर्थिक अवस्था, आम्दानीको स्रोत, रोजगारीको स्थिति, उद्योग–व्यवसाय, कृषिको अवस्थालाई समेटिएको छ ।

त्यस्तै कृषि सडकको अवस्था, पुलपुलेसा, सामाजिक क्षेत्रहरू, महिला बालबालिका, विद्यालय, सरसफाइको अवस्था, सामुदायिक वन, धार्मिक र निजी वनले पु¥याएको फाइदा लगायतका विषयलाई पुस्तकमा उल्लेख गरिएको छ । उपमहानगरको विकासको सूचाङ्क, हरितक्रान्ति आत्मनिर्भरता, सहभागिता र समता, मानव विकास स्वास्थ र स्वच्छ घोराही उपमहानगरका बारेमा पनि प्रोफाइलमा समावेश गरिएको छ ।

एशिया फाउण्डेशन र कमिटेड नेपालको संयोजन एवं उपमहानगपालिकाको सहयोगमा पुस्तक तयार पारिएको उपमहानगरले जनाएको छ । रासस

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार ००:००