११ कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहमा ‘परिवर्तन परियोजना’ सञ्चालन हुने



फागुन ३०, डोटी । जिल्लाका तीन स्थानीय तहमा परिवर्तन परियोजना सञ्चालन हुने भएको छ । युरोपेली सङ्घको आर्थिक सहयोग तथा दिपायल सिलगढी एरिया (डिसिए)को व्यवस्थापनमा सम विकास केन्द्र डोटीद्वारा सञ्चालन हुन लागेको उक्त परियोजना जोरायल गाउँपालिकाका चार वटा वडा, केआइसिंह गाउँपालिकाका चार वटा वडा र शिखर नगरपालिकाका ५ वडामा सञ्चालन हुने सो संस्थाले जनाएको छ ।

स्थानीयस्तरको सुशासन प्रक्रियामा सम्पूर्ण नागरिकको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने प्रमुख उद्देश्य रहेको उक्त परियोजना सन् २०२२ को डिसेम्बर सम्म सञ्चालन हुने समविकास केन्द्रका कार्यक्रम संयोजक महेश टेलरले जानकारी दिए ।

उक्त परियोजना अन्तर्गत स्थानीय तह तथा समुदायको क्षमता अभिवृद्धि र सहयोग गरी सुशासन सँग सम्बन्धित विभिन्न क्रियाकलाप सञ्चालन गरिने छन् । यसै सन्दर्भमा समविकास केन्द्र डोटीले आज जिल्लास्थित सरोकारवालालाई सो विषयमा जानकारी गराएको छ ।

परियोजनाको विविध विषयमा डिसिएका कार्यक्रम प्रबन्धक मालती मास्के, कार्यक्रम प्रमुख सुरेन्द्र थापाले परियोजनाको विविध विषयमा जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख रामबहादुर ऐर, प्रमुख जिल्ला अधिकारी यादव सुवेदी, दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासी तथा गैरसरकारी संस्था महासङ्घ डोटीका अध्यक्ष रघु कठायतले स्थानीयस्तरमा क्षमता विकास तथा आवश्यक सहयोग गर्दै कार्यक्षेत्रलाई नमूनाका रुपमा विकास गर्नुपर्ने खाँचो औँल्याए । रासस

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार ००:००