८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवलको सोह्र–छत्तिस नहरमा नयाँ पूल बन्ने



फागुन ९, खस्यौली । बुटवलको व्यस्त बाइपास सडकको तीनकुने नजिकैको सोह्र–छत्तीस नहरमा नयाँ पूल बन्ने भएको छ ।

बुटवल उपमहानगरपालिकाले साँघुरो र कमजोर बन्दै गएको पुल हटाएर फुटपाथसहित दुई लेनको बनाउन लागेको हो । सबैभन्दा ठूलो जनसंख्या रहेको वडा नं ११ र ९ लाई जोड्ने उक्त पूलको नगर प्रमुख शिवराज सुवेदीले मंगलबार शिलान्यास गरेका छन् ।

बाबुल–दिब्या जेभी कम्पनीसँग हालै सम्झौता भएको र आगामी असारभित्र निर्माण सक्ने लक्ष्य रहेको उपमहानगरका योजना प्रमुख इञ्जिनीयर सुमन श्रेष्ठले जानकारी दिए । उक्त पूलको लागत १ करोड ४० लाख रुपैयाँ छ ।

उपप्रमुख गुमादेवी आचार्य, वडा नं ९ का अध्यक्ष विष्णुबहादुर थापा, ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, वडा सचिव टीका भण्डारीलगायतले समयमै निर्माण कार्य सक्न आग्रह गरे । उपमहानगरले कालिका पथ र श्रवणपथलाई आन्तरिक बाइपासको महत्वपूर्ण सडकका रुपमा स्तरोन्नति गर्न लागिरहेको छ ।

श्रवणपथअन्तर्गतकै हिलपार्क गेट नजिकैको सुखौरा खोलामा पनि अर्को पूल निर्माण भइरहेको छ । आन्तरिक बाइपासका सडकलाई बुटवलको चक्रपथमा जोड्ने गरी निर्माण कार्यका योजना बनिरहेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । रासस

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार ००:००