२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वातावरणीय प्रभाव मूल्याङ्कनविनै सडक निर्माण



फागुन २७, बाजुरा । जिल्लामा ग्रामीण सडक प्राविधिक योजनाविनै निर्माण हुँदै आएका छन् । वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्र सडक निर्माण गर्नुपर्ने भए पनि यसतर्फ चासो दिइएको छैन ।

कुनै पनि योजना नबनाएर सडक निर्माण भइरहेका नागरिक समाजका अगुवा जनेश भण्डारीले बताए । प्राविधिकले आफूखशी डोजर प्रयोग गरिरहेको उनको भनाइ थियो । जिल्लाका नौ स्थानीय तहमा निर्माण हुन लागेका सडक योजनाबिना निर्माण भइरहेका छन् ।

बूढीनन्दा नगरपालिका वडा नं ३ र ४ मा पर्ने बछौनदेखि घोडाकोट सम्मको सडक पनि योजनाबिनै निर्माण हुन लागेको बूढीनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मीले बताइन् । वातारवरणीय प्रभाव मूल्याङ्कन गरेर मात्र ठेक्का गर्नुपर्ने भए पनि अध्ययनबिना नै काम शुरु गर्न लागिएको उनको भनाइ थियो । आफूहरुले भन्दा पनि नगरपालिकाले नसुनेको आरोप उनको छ ।

उक्त नगरपालिका–४ का वडाध्यक्ष राजन रोकायाले बछौन देखि घोडाकोट सम्म डेढ देखि दुई लाख सम्म बिरुवा फडानी हुने बताए । सडकखण्डको करीब आठ किलोमिटर भागमा पूरै जङ्गल मात्र पर्ने उनले जानकारी दिए ।

स्थानीय, सामुदायिक उपभोक्ता समिति, समूह र आफूहरुको सहमतिबेगर नै सडक निर्माण हुनलागेको रोकायाको भनाइ थियो । कनकासुन्दरी सामुदायिक वन उपभोक्ता समितिले वन फडानी हुन लागेकामा तत्काल सडक निर्माण रोक्काका लागि कोल्टी इलाका वन कार्यलयमा निवेदन समेत दिएको समितिका सचिव जंग बोहाराले जानकारी दिए । उनले भने, जङ्गलका सानासाना बिरुवा फडानी हुने भएकाले तत्काल सडक खन्न रोक्न निवेदनमा माग गरिएको छ ।

उक्त नगरपालिकाका निमित्त कार्यकारी लक्ष्मीराज देवकोटाले भने प्रारम्भिक वातावरण मूल्याङ्कन भइरहेको बताए । योजना सम्झौता भइसकेको छ, प्रतिवेदन नआउँदा सम्म काम रोक्ने बताए । यो आर्थिक वर्षमा बाटोका लागि ८० लाख विनियोजन भएको छ । रासस

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार ००:००