२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदुर नगरपालिकाः ६ करोड ७१ लाख बराबरको पूरक बजेट

लेखक स्थानीय खबर १ फाल्गुन २०७५, बुधबार १ मिनेट पढाइ

फागुन १, बेत्रावती । नुवाकोटको विदुर नगरपालिकाको चौथो नगरसभाले गाउँपालिकाभित्र अति आवश्यक देखिएका योजना सञ्चालनका लागि ६ करोड ७१ लाख बराबरको पूरक बजेट विनियोजन गरेको छ ।

मङ्गलबार बसेको नगरसभाले थप पूरक बजेट नगरसभामा छलफल तथा केही संशोधनसहित सर्वसम्मत रुपमा स्वीकृत गरेको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिए । उनका अनुसार विनियोजित बजेटमा सडक विस्तार तथा स्तरोन्नति, खानेपानी एवं डिपबोरिङ योजना सञ्चालन, विभिन्न सात वडा कार्यालयको भवन निर्माण, लक्षित क्षेत्रका लागि थप रकम तर्जुमा, एम्बुलेन्स खरीद लगायतलाई प्राथमिकता दिइएको छ ।

नगरसभाले नगर प्रहरी सञ्चालन कार्यविधि २०७५, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र सम्बन्धी कार्यविधि २०७५, बालगृह सञ्चालन कार्यविधि २०७५, बालविवाह विरुद्ध कार्यक्रम सञ्चालन खर्च कार्यविधि २०७५ र सडक बालबालिका व्यवस्थापन खर्च कार्यविधि २०७५ पारित गरेको उपप्रमुख गीता दाहालले जानकारी दिइन् ।

थप पाँच कानूनमाथि छलफल भए पनि केही सुधार गर्नुपर्ने भएकाले संशोधनका लागि कार्यपालिका पठाउने निर्णय सभाले गरेको छ । रासस

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।