६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेलकोटगढी नगरपालिकाद्वारा दश करोड पूरक बजेट विनियोजन



माघ २४, बेत्रावती । नुवाकोट बेलकोटगढी नगरपालिकाले दश करोड पूरक बजेट विनियोजन गरेको छ ।

बुधबारको चौथो नगरसभाले नगरपालिकाभित्र अति आवश्यक योजना सञ्चालनका लागि दश करोड २९ लाख ९६ हजार पूरक बजेट स्वीकृत गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं १३ का वडाध्यक्ष पशुपति लोहनीले जानकारी दिए ।

उनका अनुसार विनियोजन गरिएको बजेटमा सडक विस्तार तथा स्तरोन्नति, खानेपानी योजना सञ्चालन, विभिन्न पाँच वटा वडा कार्यालयको भवन निर्माण र लक्षित क्षेत्रका लागि थप रकम विनियोजन गरिएको छ ।

नगरसभाले आर्थिक ऐन २०७५ मा संशोधन गर्ने ऐन २०७५, विनियोजन ऐन २०७५ मा संशोधन गर्न बनेको ऐन, २०७५ र घर निर्माण आचारसंहिता सम्बन्धी ऐन २०७५ लाई सर्वसम्मत रुपमा पारित गरेको उपप्रमुख कविता ढुङ्गानाले जानकारी दिइन् । रासस

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार ००:००