१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं २ः ‘मुख्यमन्त्री स्वच्छता अभियान’ शुरु



माघ १५, वीरगञ्ज । प्रदेश नं २ सरकारले ल्याएको ‘मुख्यमन्त्री स्वच्छता अभियान’ आर्थिक नगरी वीरगञ्जबाट शुरु भएको छ ।

‘स्वच्छ मधेश, समृद्ध प्रदेश नारा’ सहित शुरु भएको सो अभियानको थालनी प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार वीरगञ्जको सडकमा कुचो लगाएर शुभारम्भ गरे ।

प्रदेश नं २ का आठवटै जिल्लामा सञ्चालन हुने सो अभियानका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु आर्थिक वर्षमा २० करोड विनियोजन गरेको छ । प्रदेश सरकारले यसअघि नै ‘बेटी पढाऊ, बेटी बचाऊ’ तथा ‘छोरी जीवन बीमा’ जस्ता महत्वपूर्ण कार्यक्रम ल्याइसकेको छ ।

सरसफाइमार्फत स्वस्थ नागरिक उत्पादन गर्ने अभियानको उद्देश्य छ । प्रदेश सरकारले यसअघि ल्याएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान लोकप्रिय भएपछि यो अभियान पनि सफल हुने विश्वास लिएको छ । रासस

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार ००:००