१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपहाडी लोकमार्गमा वैकल्पिक सडक



लक्ष्मीप्रसाद सापकोटा

माघ ८, पर्वत । निर्माणाधीन मध्य पहाडी लोकमार्गअन्तर्गतको पर्वतखण्डको विस्तार कार्य तीव्र गतिमा भइरहेको छ । निर्माणका कारण पर्वतसहित धौलागिरिका सबै जिल्लाबाट गण्डकी प्रदेश राजधानीलगायत मुलुकका सबैजसो जिल्ला पुग्ने मुख्य राजमार्ग दैनिक छ घण्टा बन्द हुँदा हजारौँ यात्रुले दैनिक समस्या भोगिरहेका छन् ।

यात्रुले बिहान १० देखि बेलुका ४ बजेसम्म बसमै कुर्नुपर्ने यात १० बजेअगावै र ४ बजेपछि गन्तव्यमा पुग्नुपर्ने बाध्यताकै कारण टाढा–टाढा जानुपर्ने यात्रीलाई समस्या छ । सडक बन्द हुनुअगावै गन्तव्यमा पुग्नैपर्ने कारण गत बिहीबार तीव्र गतिमा गुडेको बस दुर्घटना हुँदा सात यात्रीले ज्यान गुमाएँ । प्रहरीका अनुसार सडकमा आवागमन बन्द हुनुअगावै पर्वतको बेतेनी कट्ने गरी तीव्र गतिमा गुडेको बस सडकबाट करीब ६० मिटर तल कालीगण्डकीमा खसेको थियो । घटनामा ३३ यात्रु घाइते भएका थिए ।

उक्त समस्याको समाधानका लागि मोदी गाउँपालिकाले घण्टौँ जाम हुने मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग निर्माण गरिसकेको छ । सो अन्र्तगत मोदी २ देउपुरको पातीचौरदेखि राहाले–टापु–गौँडा हुँदै बेतेनीसम्मको करीब पाँच किलोमिटर सडकको वैकल्पिक ट्रयाक निर्माण गरेको हो । मोदी–२ देउपुरका वडाध्यक्ष विकास तिमिल्सिनाका अनुसार लोकमार्गको डिमुवामा पहरो फोर्ने काम भइरहेकाले अहिले धेरै समय यात्रु बाटोमै अलपत्र परेका छन् ।

यात्रुलाई सहज यात्रा गर्ने गरी नयाँ ट्रयाक खोल्न गाउँपालिकालाई वडाले आग्रह गरेको छ । “हामीसँग मर्मतको केही पैसा थियो,” वडाध्यक्ष तिमिल्सिनाले भने, “धेरैतिरबाट वैकल्पिक सडकको माग भएपछि त्यसमै लगानी ग¥यौँ ।” करीब साढे दुई किलोमिटर सडकको पुरानो ट्रयाक मर्मत र नयाँ ट्रयाकमा समेत गरी नौ लाख खर्च भएको निर्माण समितिका अध्यक्ष रघुनाथ चापागाईंले बताए ।

वैकल्पिक सडक पातीचौरदेखि राहालेसम्म करीब साढे दुई किलोमिटर पुरानै सडक छ । यो सडक देउपुरकै मैदानसम्म कालोपत्रे हुँदैछ । राहालेबाट उत्तरतर्फ मोडिएर करीब साढे दुई किलोमिटरमा बेतेनी पुग्न सकिन्छ । यो सडक प्रयोग गर्दा यात्रुले मध्यपहाडी लोकमार्गमा हुने घण्टौँको जाममा अलपत्र पर्नु नपर्ने वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिए । मोदीका स्थानीयवासीका अनुसार कुश्मातर्फबाट जाने सवारीसाधन यो बाटो हुँदै जाँदा लाग्ने समय र लोकमार्गमा लाग्नेभन्दा कम समयमै पुगिन्छ ।

पोखरातर्फबाट आउने सवारीलाई भने धौलागिरि गेटबाट सिमखेत–मख–लैंच–गौँडा हुँदै पातीचौर पुग्ने अर्को सडक छ । दुवै सडक उपयोग गर्दा कुनै समय सवारी रोक्नुपर्ने अवस्था नरहेको वडाध्यक्ष तिमिल्सिनाले दाबी गरे । “करीब २० लाख बजेट हुने हो भने दुवै सडकमा बाहै्र महीना बस चल्न सक्ने बनाउन सकिन्छ,” उनले भने, “त्यसका लागि मध्यपहाडी आयोजना र प्रदेश सरकारले ध्यान दिनु¥यो ।”

यसबारे पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय र प्रदेश सरकारमा समेत जानकारी गराइएको उनले बताए ।

लोकमार्गको डिमुवादेखि बेतेनीसम्म वर्षात्का बेला पहिरो खसिरहने समस्या भएकाले अरू समयका लागिसमेत यो मार्ग सहज गन्तव्य बन्ने जानकार बताउँछन् । “डिमुवादेखि बेतेनीसम्म पहरोबाट जतिबेला पनि ढुङ्गा र पहिरो खस्ने समस्या छ,” स्थानीय गुरुदत्त चापागाईंले भने, “यो बाटो सहज भए बाढीपहिरोमा कुनै बेला रोकिनु पर्दैन ।” मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले वैकल्पिक मार्ग स्तरोन्नतिका लागि गाउँपालिकाले सम्बन्धित क्षेत्रमा पहल गरिरहेको बताए ।

पूर्वसांसद कल्पना चापागाईंले दुई वर्षअघि नै यो सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने भन्दै केही नयाँ ट्रयाक खोल्न पहल थालेकी थिइन् । चापागाईंका अनुसार बाह्रै महीना जोखिम लिएर यात्रा गर्नेका लागि देउपुरको सडक सुरक्षित गन्तव्य हो । “गौँडासम्म केही महीनामै कालोपत्र हुन्छ,” चापागाईंले भनिन्, “टापुको बाटो उपयोग गर्दा यात्रुले सुरक्षित यात्रा गर्न सहज हुन्छ ।” यस बाहेक सडकखण्ड अन्तर्गत कुश्मा नगरपालिका–८ दोविल्लादेखि पकुवा, ठूलीपोखरी हुँदै स्याङ्जाको फूलबारीतर्फबाट पनि वैकल्पिक बाटो प्रयोग गर्न सकिने स्थानीय सरोकारवालाले सुझाव दिएका थिए । रासस

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार ००:००