२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँच ग्रामीण सडकको सर्वे सम्पन्न



माघ ३, हुम्ला । जिल्लामा रहेको पूर्वाधार विकास कार्यालयले पाँच ग्रामीण सडकको सर्वेक्षण सम्पन्न गरिसकेको छ । पूर्वाधार कार्यालयको टोलीले सडकको स्थलगत सर्भे सकेको हो ।

उक्त कार्यालयले सर्भे गरेका सडक योजनामा खार्पुनाथ, चुवाखोला र ताकु लेख सिमकोट र खार्पुनाथ, गाडलाग्ना, नाराङ मासीधारा चङ्खेली, मैला सिरुपाता पैमा ताँजाकोट, सर्केगाड जैर र चुम्च सर्केगाड तथा अन्तरप्रदेश सडक योजना रहेको कार्यालयका प्रमुख इञ्जिनीयर पूर्णबहादुर रोकायाले बताए ।

अब प्रतिवेदनको तयारीको कार्य अगाडि बढाएर जति सक्दो चाँडो सडक निर्माणका लागि बोलपत्र आह्वान गरिने बताइएको छ । तीन टोलीले योजनास्थलमा गएर विस्तृत सर्भे गरेका थिए ।

पाँच वडामा सडक योजनाको निमार्णका लागि कर्णाली प्रदेश सरकारले १५ करोड बजेट चालु आर्थिक वर्षमा विनियोजित गरेको थियो । नाम्ख गाउँपालिकाको मानेपेमे सडकको भने हाल सर्भे गर्न हिमपातका कारण सहज नभएको इञ्जिनीयर रोकायाले बताए । रासस

प्रकाशित मिति : ३ माघ २०७५, बिहिबार ००:००