४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भत्ता पाइने आशमा धेरै सन्तान



काशीराम शर्मा

२१४ पुुस, बाँके । केही बर्ष अघिदेखि लोपोन्मुख जातिलाई भत्ता दिइरहेको छ । यहाँको जानकी गाउँपालिका–३, इन्द्रपुरमा लोपोन्मुख जाति कुचबधिया समुदायका अधिकांश महिलाले भत्ता पाउनकै लागि धेरै सन्तान जन्माउने गरेका छन् ।

इन्द्रपुरमा कुचबधिया समुदायका ४६ घर छन् । संघीय सरकारले यस जातिका प्रत्येक नागरिकलाई २ हजार रुपैयाँ भत्ता दिँदै आएको छ ।

भत्ता पाइने भए पछि धेरै सन्तान जन्माइरहेका छन् । नेपालगञ्ज बजारसँग जोडिएको इन्द्रपुरमा छ÷सात सन्तान त सामान्य नै मानिन्छ ।

ननकैया कुचबधियालाई बच्चा जन्मेको दिनसम्म थाहा छैन । उनी छोरालाई च्यापिरहेकी थिइन् । “तिहारअघि जन्मेको छोराको राम्रो नाम सोच्न नसकेर अहिलेसम्म यसको नाम राख्न सकेका छैनौं,” उनले भनिन्, ““हजुर नै मेरो छोराको राम्रो नाम राखिदिनुस् न ।”

हेर्दा ३० वर्ष आसपासकी ननकैयाले ६ सन्तान जन्माइ सकेकी छन् । उनलाई आफ्नो नाबालक छोराको नाम टोलमा कसैसँग नमिल्ने चाहिएको छ । त्यसो त ननकैयालाई आफ्नो उमेर पनि राम्रोसँग थाहा छैन । नैनकलाले भनिन्, “खै, उमेर त्यस्तै ३० कटेजस्तो लाग्छ ।”

यस्तै ६सन्तानकी आमा गीता कुचबधियाले भनिन्, ““अब बच्चा जन्माउँदिन, ५ वर्षे औषधि नरप्लान्ट राखेकी छु ।”

कुचबधियाहरू इन्द्रपुरको पर्ति तथा ऐलानी जग्गामा बसेका छन् ।

ननकैयाजस्तै ६ सन्तानकी आमा फूलमाताले सन्तान धेरै चाहिने बताइन् । सन्तान धेरै भएर बढी भत्ता पाउने भएकाले गाउँमा उनीहाँ ‘पैसावाली’मा गनिन्छिन् । उनका ५ छोरी र २ छोरा छन् । कुचबधिया जातिले सिलौटा, जाता, सनपाटको डोरी बेचेर गुजारा चलाउने गर्छन ।

बजारमा मिक्चर, प्लाष्टिकका डोरी आएपछि आफ्नो व्यवसाय धरापमा परेको पटवारी कुचबधियाले गुनासो गरिन् । “अहिले त व्यवसाय हुन छाड्यो, सरकारले दिने भत्ताले जीविका चलेको छ”, उनले भनिन् ।

इन्द्रपुर, फुल्टेक्रा र मनिकापुरमा सो जातिको बसोवास छ । सरकारले लोपोन्मुख जातिमा राखेर भत्ता दिने व्यवस्था गरेपछि उक्त जाति सन्तान वृद्धिमै लागेका छन् । कुचबधियामा बालविवाहको समस्या उस्तै छ । पाँच/छ वर्षमै टीकाटालो गर्ने र १२/१३ वर्ष भएपछि विवाह गरिदिने गरिन्छ ।

घरमै बच्चा जन्माइने गरेको उल्लेख गर्दै नाम समरियाले भनिन्, “सुत्केरी ब्यथाले च्यापेर दुई÷तीन दिनसम्म पनि बच्चा जन्मिएन भने बल्ल अस्पताल लैजान्छौँ ।”

कुचबधिया समुदायमा अहिलेसम्म महिला स्वयंसेविका छैनन् । ब्यथा लागे पछि सुत्केरी गराउन जान्ने भनिएका केही महिला छन् । उनीहरुले नै घरमै सुत्केरी गराउन सहयोग गर्छन् । अहिलेसम्म अस्पतालमा गएर कसैले बच्चा नजन्माएको अगुवा नन्दवा कुचबधियाले बताइन् ।

सो समुदायमा अहिलेसम्म एकजना रेखा कुचबधियाले मात्रै अस्पतालमा बच्चा जन्माएकी छन् । उनले भनिन्, “तीन दिनसम्म बच्चा नजन्मेपछि उनलाई अस्पताल लगि शल्यक्रिया गरेर बच्चा जन्मियो ।”

उनले अस्पतालमा जन्मिएको छोराको नाम सूर्या राखिएको छ । “अस्पतालमा जन्मिने शौभाग्य पाएकाले छोराको नाम सूर्या राखियो,” रेखाले भनिन् । कुचबधिया जातिमा मा बालविवाह गर्ने र धेरै सन्तान होडजस्तै छ ।

नियमित गर्भ जाँच, अस्थायी साधनको प्रयोग कम नै हुने गरेको छ । समुदायका दुई÷चार जना महिलाले श्रीमान्लाई थाहै नदिई अस्थायी साधनको प्रयोग गर्ने गरेको भए पनि अधिंकाशले प्रयोग गर्दैनन् । रासस

प्रकाशित मिति : २४ पुस २०७५, मंगलबार ००:००