पुस २३, राँझा । बाँकेको नरैनापुर गाउँपालिकामा आगलागीको जोखिम न्यूनीकरण गर्न विपन्न आवास सहयोग कार्यक्रम शुरु भएको छ । फुसको छाना भएका कारण प्रत्येक वर्ष गर्मीयाममा नरैनापुरमा आगलागी भई बस्ती नै सखाप हुने गरेकाले फुसरहित छाना बनाउने अभियान अन्तर्गत विपन्न आवास सहयोग कार्यक्रम शुरु गरिएको हो ।
चालु आर्थिक वर्षमा गाउँपालिकाका १२५ विपन्न घर परिवारलाई जस्ता पाता वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा वडा नं ५ नयाँ बस्तीका ६० विपन्न घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ ।
गाउँपालिकाको ३० प्रतिशत र महिला उपकार मञ्च बाँकेको ७० प्रतिशत लागतमा आवास कार्यक्रम शुरु गरिएको हो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले फुसको छाना हटेसँगै नरैनापुरमा आगलागीका घटनामा कमी हुने बताए । रासस






प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।