१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्लगण्डकी नगरपालिकामा प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गर्ने निर्णय



पुस १५, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकामा–५ बेलचौतारामा गण्डकी प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गरिने भएको छ ।

विश्वविद्यालयका लागी शुक्लागण्डकी उपयुक्त देखिएको हुँदा गण्डकी प्रदेश सरकारले विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको हो । विश्वविद्यालय स्थापना गर्न गठित प्रारम्भिक अध्ययन समितिले उक्त ठाउँ उपयुक्त भएको प्रतिवेदन दिएको थियो । प्रतिवेदनका आधारमा निर्णय गरिएको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

बेलचौताराको ४ सय ७५ रोपनी जग्गा प्रदेश सरकारको स्वामित्वमा ल्याउन संघीय सरकारलाई अनुरोध बस्नेतले बताए । संघीय सरकारले उक्त जग्गा प्रदेश सरकारलाई दिने निर्णय गरे लगत्तै विश्वविद्यालय स्थापनाको प्रक्रिया अगाडि बढाइनेछ ।

विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन गर्न प्रदेश सरकारले प्राडा गणेशमान गुरुङको संयोजकत्वमा समिति गठन गरेको थियो । प्रदेश सरकारले विश्वविद्यालयको स्वरुप र सञ्चालन ढाँचा अध्ययन गर्न डा. तीर्थबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । सम्भाव्यता अध्ययन गर्न आर्थिक वर्ष चालू आर्थिक बर्षमा १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

गत मङ्सिर २ गते मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङसहित आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, सामाजिक विकासमन्त्री नरदेवीलगायतको टोलीले सो जग्गाको निरीक्षण गरेका थिए ।

शुक्लगण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले विश्वविद्यालय स्थापना हुनु खुशीको कुरा भएकाले आवश्यक सहयोगका लागि आफूहरू तयार रहेको बताए । रासस

प्रकाशित मिति : १५ पुस २०७५, आइतबार ००:००