१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुपाल्चोकमा राष्ट्रिय जलवायु सम्मेलन हुने



पुस ११, काठमाडौं । सिन्धुपाल्चोकमा राष्ट्रिय जलवायु सम्मेलन हुने घएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजना यही पुस १५, १६ र १७ गते अन्तराष्ट्रिय जलवायु सम्मेलन हुनेछ ।

जलवायु परिर्वतनका कारण र असरबारे देशभरका जनप्रतिनिधिलाई बुझाउने र त्यसबाट बच्न अनुकूलन बनाउने उद्देश्यका साथ सम्मेलन आयोजन गर्न लागिएको आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुस १६ गते हुने आयोजकले जानकारी दिएको छ । सम्मेलनमा ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीन जना सहभागी हुनेछन् ।

सम्मेलनमा जलवायु परिर्वतनका विषयबारे विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान शाखाका र सो क्षेत्रका विज्ञ ११ जनाले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

औद्योगिक मुलुकले उत्सर्जन गर्ने कार्बनको मार नेपालीले खेप्नुपरेको हुँदा औद्योगिक मुलुकले कार्बन उत्सर्जनबाट गरेर कार्बन उत्सर्जन नगर्ने मुलुकलाई शुल्क तिर्नुपर्ने लगायतका विषयमा सम्मेलनमा छलफल हुने सम्मेलन मूल व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिए ।

पूर्वमन्त्री एवं सांसद अग्निप्रसाद सापकोटाले विश्वको सबैभन्दा महत्वका साथ कार्यसूचीमा राखिएको जलवायु परिवर्तनको विषयसम्बन्धी सम्मेलन सिन्धुपाल्चोकमा हुन लागेकोप्रति खुशी व्यक्त गर्दै नेपालले कार्बन उत्र्सजन गरेर कुनै गल्ती नै नगरी जलवायु परिर्वनको असर भोग्नुपरेको बताए ।

पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङले विश्वमा कार्बन उत्सर्जनबारे नेपालको हितमा बृहद छलफल हुनु पर्ने भएकाले सम्मेलन आयोजना गर्नुपरेको बताए । रासस

प्रकाशित मिति : ११ पुस २०७५, बुधबार ००:००