१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरियाली रेडक्रसद्धारा स्वास्थ्य चौकी भवन पुनर्निर्माण



पुस १०, काभ्रेपलाञ्चोक । कोरियाली रेडक्रसको सहयोगमा ६ स्वास्थ्य चौकी भवन पुनर्निर्माण गरिएको छ । अन्य ६ स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छन् ।

नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति रघुवर चौप्रधानका अनुसार रविओपी, महेन्द्रज्योति, रयाले, खरेलथोक, ज्याम्दी र चण्डेनीमण्डनको स्वास्थ्य चौकी भवन पुनर्निर्माण सम्पन्न भइसकेको छ । यसैगरि बाल्टिङमा निर्माण गरिएको स्वास्थ्य चौकी भवन यसै साता समुदायलाई हस्तान्तरण गरिनेछ । यी भवनहरूमा भूकम्पले क्षति पुर्याएका थिए ।

बनखु, फलामेटार, गोठपानी, पोखरीचौँरी र सानो वाङ्थलीमा स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छन् । कोरियाली रेडक्रसकी नेपालस्थित प्रतिनिधि सुनी किमले भूकम्पबाट प्रभावित केही जिल्लामा स्वास्थ्य क्षेत्रमा काम गर्न पाएकामा खुशी व्यक्त गरे । “ग्रामीण भेगमा भवन बनाएर नेपाली नागरिकको स्वास्थ्य सेवा गर्न पाएकामा खुशी छौँ,” किमले भने ।

कोरियाली रेडक्रसले भूकम्पबाट क्षतिग्रस्त काभे्रपलाञ्चोकमा १२, धादिङमा एक र सिन्धुपाल्चोकमा १४ स्वास्थ्य चौकी भवन निर्माण गर्न सम्झौता गरेको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका स्वास्थ्य कार्यक्रम अधिकृत दीपक पोखरेलले जानकारी दिए । धादिङमा भवन निर्माण भइसकेको छ भने सिन्धुपाल्चोकमा १२ वटा भवन निर्माण गरिएकामा दुई भवन निर्माणाधीन अवस्थामा छन् ।

“एउटा स्वास्थ्य चौकी भवन पुनःनिर्माण गर्न रु ६० लाखदेखि रु ६५ लाखसम्म खर्च भएको छ,” पोखरेलले भने । उक्त रकमले प्रिफ्याबको प्रयोग गरी स्वास्थ्य चौकी भवन, र कर्मचारी आवास निर्माण गरिएको छ ।

“केही भवनमा सोलारबत्तिसहित तातोपानीको व्यवस्थापन गरिएको छ,” खरेलले भने । जिल्ला स्वास्थ्य समन्वय एकाइका अनुसार भूकम्पबाट क्षतिग्रस्त ४३ स्वास्थ्य चौकी भवनमध्ये ३७ वटा गैर सरकारी संस्थाको सहयोगमा निर्माण गर्ने सम्झौता भएको छ । रासस

प्रकाशित मिति : १० पुस २०७५, मंगलबार ००:००