१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिवपुरी गाउँपालिकामा कृषि भवन सञ्चालनमा



पुस ९, बेत्रावती । नुवाकोटको शिवपुरी गाँउपालिका–५ महाकालीको शेराबगरमा गाउँपालिकास्तरीय कृषि उपज सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

शिवपुरी गाउँपालिकाको अनुदान ३३ लाख ६२ हजार रुपैयाँ, संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युनडिपी) को ९ लाख ६८ हजार रुपैयाँ र स्थानीय किसानको १ लाख ८६ हजार रुपैयाँ गरि कूल ४५ लाख १७ हजार रुपैयाँ निर्माण भएको उक्त भवन कृषि उपज संकलनका लागी सञ्चालनमा ल्याइएको हो ।

भवनको उद्घाटन गर्दै सांसद तथा पुर्वमन्त्री हितबहादुर तामाङले मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाइ विकासको परिवर्तन गराउन कृषि क्षेत्रको विकासमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

उनले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ मार्फत शिवपुरी गाउँपालिकालाई समावेश गरी कृषि चक्रपथ निर्माणका लागि ३० लाख रुपैयाँ बजेट छुट्ट्याएर कृषिको विकासमा आफू सक्रिय रहेको दाबी गरे ।

कार्यक्रममा प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले नुवाकोटको विकासको लागि कृषि र पर्यटन महत्वपूर्ण हिस्सा भएकाले एग्रो–टुरिजम र कृषि पर्यटनमार्फत विकासको लागि सङ्कलन केन्द्रको स्थापनाले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले सङ्कलन केन्द्रको लागि आवश्यकता अनुसारको नगद अनुदान दिएको बताए । साथै, आउने दिनमा किसानले उत्पादन गरेका तरकारी तथा फलफूल खेतबारीदेखि सङ्कलन केन्द्रसम्म र केन्द्रदेखि बजारसम्म पु¥याउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोनमार्फत सवारी साधनसमेत व्यवस्था गर्न लागिएको बताए ।

थापाका अनुसार केन्द्रमार्फत शिवपुरी गाउँपालिकामा व्यावसायिक तरकारी तथा फलफूल खेती गर्दै आएका ६ सय ६० किसानले प्रत्यक्ष लाभ पाउने भएका छन् । रासस

प्रकाशित मिति : ९ पुस २०७५, सोमबार ००:००