७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लघुवित्तले फेरियो जिवन



पुस ६, लमही । कुनै समय गिट्टी कुटेर जीवन निर्वाह गरिरहेही दाङ लालमटीयाका दुर्गा सार्कीले व्यवसायलाई निन्तरता दिएका कारण आम्दानी गर्नाका साथै पक्की घरसमेत निर्माण गर्न सफल भएकी छन् ।

ग्रामीण महिला उत्थान केन्द्रबाट ऋण लिएर बङ्गुरपालन शुरु गरेपछि दुर्गाको आम्दानीको स्रोत बढ्दै गएकाले पक्की घर निर्माण गरेकी हुन् । अहिले उनीसँग ६० वटा बङ्गुर छन् ।

त्यस्तै, लमहीको सतवरियाकी गीता चौधरीसँग माइतीले दशैँ तिहारमा टीका लगाएर दिएको १ हजार पाँच सय रुपैयाँ मात्रै थियो । त्यसपछि उनले लघुवित्तको सहयोग लिएर व्यवसाय शुरु गर्न सकिन्छ भन्ने सल्लाह पाएपछि शुरुमा त्यही रकमबाट घरमा दैनिक चाहिने सलाई, साबुन, कपी, कलमलगायतको व्यवसाय शुरु गरिन् ।

आम्दानी बढेपछि चौधरीले ग्रामीण लघुवित्तसँग २० हजार ऋण लिएर व्यवसाय विस्तार गर्दै अहिले मनग्य आम्दानी गर्न सफल भएकी छन् ।

त्यस्तै ग्रामीण लघुवित्तबाट २० हजार रुपैयाँ ऋण लिएर शुरु गरेको कुखुरापालनबाट अहिले तुलसीपुरकी कमला भण्डारी पनि सफल कुखुरा व्यवसायी बनेकी छन् ।

सानो–सानो पूँजी सङ्कलन गरेर शुरु गरेका व्यवसायीले मनग्य आम्दानी गर्न सफल भएका थुप्रै उदाहरण छन् । लघुवित्त संस्थाले व्यवसाय सञ्चालनका लागि ऋण प्रदान गर्नाका साथै आवश्यक तालीम पनि दिने गरेकाले मनग्य आम्दानी गर्न सकिएको ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमनी चौधरीले बताइन् । रासस

प्रकाशित मिति : ६ पुस २०७५, शुक्रबार ००:००