१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यालय भवन बनाउने सम्झौता



पुस २, गोरखा । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–४ मा १ करोड ७९ लाख रुपैयाँमा विद्यालय भवन बन्ने भएको छ । गोरखा वेलफेयरको आर्थिक सहयोगमा सौरपानीमा रहेको हिमालय माध्यामिक विद्यालयको भवन निर्माण हुन लागेको हो ।

भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको उक्त विद्यालयमा सुविधासम्पन्न आठकोठे भवन निर्माण हुनेछ । भवन निर्माणका लागि गोरखा वेलफेयर र विद्यालय व्यवस्थापन समितिबीच सहमतिपत्रमा हस्ताक्षर भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।

“वेलफेयरले पहिले पनि १२ कोठाको विद्यालय भवन निर्माण गरिदिएको थियो, तर माध्यामिकस्तरको विद्यालय भएकाले कक्षा सञ्चालन गर्न कक्षाकोठाको अझै अभाव भएपछि उहाँहरूले पुनः भवन बनाइदिने सम्झौता गर्नु भएको हो,” गुरुङले भने ।

सहमतिपत्रमा वेलफेयरका तर्फबाट गोरखा वेलफेयर सेन्टर एरिया वेलफेयर अफिसर श्रीप्रसाद तामाङ, गोरखा वेलयफेयर सेन्टरका इञ्जिनीयर थलबहादुर रानाले हस्ताक्षर गर्नुभएको छ भने विद्यालयका तर्फबाट व्यवस्थापन समितिका अध्यक्ष सुजन गुरुङले हस्ताक्षर गरेका छन् । आगामी ६ महिना भित्र भवन निर्माण भइसक्ने गुरुङले जानकारी दिए । रासस

प्रकाशित मिति : २ पुस २०७५, सोमबार ००:००