१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोदावरी स्थायी राजधानी तोक्ने निर्णय असंवैधानिक भन्दै सर्वोच्चमा रिट



 

मङ्सिर १८, काठमाडौं । प्रदेश नं ७ को स्थायी राजधानी अध्ययनविना नै कैलालीको गोदावरीमा प्रदेश राजधानी राख्ने निर्णय असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई अधिवक्ता मनिषकुमार श्रेष्ठले दायर रिटमा अध्ययनविना प्रदेशसभाले गत असोज १२ गतेको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरेका छन् ।

स्थायी सदरमुकामका लागि आवश्यक भौतिक संरचना तयारसमेत नभएको अवस्थामा आवश्यक छलफलसमेत नगरी राजधानी तोक्ने निर्णय गरिएको निवेदनमा उल्लेख छ ।
रासस

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलबार ००:००