१२ मंसिर २०८०, मंगलबार | Tue Nov 28 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाटनका भित्री भागमा पानीको निकास नहुने समस्या समाधान हुने



 

मङ्सिर १६, ललितपुर । पाटनका भित्री भागमा वर्षाका समयमा पानीको निकास नहुने समस्यामाको समाधान हुने भएको छ । लगनखेलबाट मङ्गलबजार हुँदै शङ्खमूल सम्म ढल निर्माण गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल सँगको सहकार्यमा ढल निर्माणको योजना बनाइएको हो । यसले वर्षाको समयमा नगरका बढी डुबान हुने क्षेत्र समेट्ने प्रवक्ता राजु महर्जनले बताए । उनले भने, “वर्षेनी यहाँका जनताले धेरै सास्ती भागेकाले समाधानको योजना बनाइएको हो ।” लगनखेल, गाःवहाल, महापाल, मङ्गलबजार, कुमारीपाटी लगायतका महानगरपालिकाका डुवानमा पर्ने क्षेत्रलाई योजनाले समेट्ने छ ।

ढल निर्माणका लागि अध्ययन भइसकेको र केही समयपछि कार्यक्रम शुरु हुने प्रवक्ता महर्जनले बताए । उनले भने, “वर्षाभन्दा पहिले नै स्थानीयवासीलाई राहत दिने योजना रहेको छ ।” ढलको अभावमा नगरको भित्री भागमा ठूलो पानी पर्नासाथ सडक हिलाम्मे हुनेगर्छ ।
रासस

प्रकाशित मिति : १६ मंसिर २०७५, आइतबार ००:००