१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ताप्ली गाउँपालिकाको रुपाटारमा दुईदिने बृहत् घुम्ती शिविर



 

मङ्सिर १३, गाईघाट । उदयपुर जिल्लाको पश्चिम पहाडी क्षेत्रको ताप्ली गाउँपालिकाको रुपाटारमा सञ्चालन भएको दुईदिने बृहत् घुम्ती शिविरमा ३९२ ले नागरिकताको प्रमाण लिएका छन् भने झण्डै १०० भन्दा बढीले फोटोसहितको मतदाता नामावलीसमेत दर्ता गराएका छन् ।

यस्तै २१९ ले साधारण स्वास्थ्य सेवा लिएका छन् भने १५३ महिलाले पाठेघरसम्बन्धी उपचारको सेवा लिएको पनि प्रशासकीय अधिकृत खड्काले बताए । २६ ले घरेलु उद्योग दर्ता, ३१ घरले कृषिसम्बन्धी सेवा र २०० भन्दा बढीले पशु भेटेनरीसेवा लिएको र कूल हजारभन्दा बढी ताप्लीवासीले शिविरबाट विभिन्न सेवा लिएको ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले बताए ।

जिल्ला प्रशासन कार्यालय उदयपुरको अयोजनामा मङ्गलबार र बुधबार रुपाटारमा दुइदिने घुम्ती शिविर सञ्चालन कार्य सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत कुमार खड्काले बताएका छन् ।

जिल्लाकै पश्चिमी पहाडी क्षेत्रको दुर्गम भेगमा बसोबास गर्ने जनतालाई विभिन्न सरकारी सेवा गाउँघरमा नै प्रदान गर्न यो शिविर सञ्चालन गरिएको बताइएको छ ।

उक्त स्वास्थ्य शिविरमा झण्डै २७ ले मुटु, सुगर, महिलाको पाठेघर, आँखासम्बन्धी निःशुल्क उपचार लिएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताए ।
रासस

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहिबार ००:००