१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘एक सहकारी एक नमूना उत्पादन’



 

मङ्सिर १, कास्की । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले प्रत्येक सहकारी संस्थाले एउटा एउटा नमूना कृषि उत्पादन गर्नुपर्ने नीति सरकारले ल्याउन लागेको बताएका छन् ।

प्रदेशसभामा पेश भएको प्रादेशिक सहकारी विधेयकमा प्रत्येक सहकारी संस्थाले एक नमूना कृषि उत्पादन गर्नुपर्ने प्रावधान रहेको जानकारी गराउँदै उनले सहकारीलाई उत्पादनमा केन्द्रित गर्ने सरकारको योजना रहेको बताए ।

शुक्रबार जनसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औँ वार्षिक साधारणसभामा मन्त्री थापामगरले भने, “सहकारी बचत र ऋण कारोबारमा मात्र केन्द्रित नभई उत्पादनमा जोडिनु आवश्यक छ । प्रदेशका ३ हजार ५०० सय सहकारी संस्था प्रत्येकले एउटा एउटा उत्पादन गर्दा पनि ३ हजार ५०० सय नमूना उत्पादन हुन्छ ।

सरकारले उत्पादनमा जोड दिने नीति बनाउँदैछ । प्रदेशका सहकारी संस्थामा अहिले ६५ अर्बको हाराहारीमा पूँजी रहेको र प्रत्येक सहकारीले आफ्नो कूल पूँजीको ३० प्रतिशत कृषिमा लगानी गर्नुपर्ने उनले सुझाव दिए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङले देशमा अब स्थिर सरकार बनेसंगै उत्पादनमा जोड दिएर आयात प्रतिस्थापनमा लाग्ने बेला भएको विचार व्यक्त गरे ।
रासस

प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार ००:००