५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आकाशे पुलको सम्भाव्यता अध्ययन शुरु



 

कात्तिक २८, काठमाडौं । ललितपुर महानगरपालिकाले आकाशे पुल (फ्लाई ओभर) निर्माणको सम्भाव्यता अध्ययन शुरु गरेको छ । पुल्चोक देखि कुपण्डोल सम्म आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु गरिएको महानगरपालिकाले जनाएको छ ।

पुल निर्माणमा लाग्ने लागत, उपयुक्त स्थान लगायत विषय अध्ययन प्रतिवेदनमा आउने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । अध्ययनका लागि महानगरपालिकाले ९८ लाख बजेट छुट्याएको छ ।

अहिले जापानी सहयोग नियोग जाइकाले पुलका लागि चासो देखाएको छ । जाइका एक्लैलाई गर्न दिने अथवा अरू साझेदारसंग सहकार्य गर्ने भन्ने अध्ययन पछि टुङ्गो लाग्ने बताइएको छ । उनले भने, “विभिन्न दातृ राष्ट्रले यसमा चासो देखाएका छन् ।”

यस्तै काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वर देखि थापाथली र थापाथली देखि माइतीघर सम्म पुल निर्माणका लागि अध्ययन थालेको छ ।
रासस

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार ००:००