६ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री पदमुक्त

लेखक स्थानीय खबर २७ कार्तिक २०७५, मंगलबार २ मिनेट पढाइ

 

कात्तिक २७, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई पदमुक्त गरेका छन् । नेपालको संविधानको धारा १६९, उपधारा २ को ‘ख’ बमोजिम उनलाई पदमुक्त गरिएको हो ।

रिक्त सामाजिक विकासमन्त्रीको पदमा संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेशसभा सदस्य कृष्णराज सुवेदी नियुक्त भएका छन् । उनी नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट कैलाली जिल्ला निर्वाचन क्षेत्र ४ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा आज अपराह्न आयोजित समारोहमा मुख्यमन्त्री भट्टले प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा नवनियुक्त सामाजिक विकासमन्त्री सुवेदीलाई पद तथा गोपनीयताको शपथ गराए ।

सभामुख अर्जुनबहादुर थापा, उपसभामुख निर्मला बडाल जोशी, मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावल लगायत उपस्थित थिए ।

यसअघि गएको असोज महीनामा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा प्रकाश रावललाई नियुक्त गरिएको थियो । करीब दश महीनाअघि मुख्यमन्त्री भट्टको अध्यक्षतामा गठन भएको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्मा एक राज्यमन्त्रीसहित आठ मन्त्री छन् ।

नवनियुक्त सामाजिक विकासमन्त्रीलाई शपथग्रहण गराएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री भट्टले पदीय मर्यादा र कार्य सम्पादनको विषयलाई लिएर उनलाई पदमुक्त गरिएको बताए ।

मुख्यमन्त्री भट्टले भने, ‘‘संसदीय व्यवस्थाअनुसार नै हट्ने र रहने कुरा हुन्छ ।” मन्त्रीबाट पदमुक्त गरिनुभएका सोडारी तत्कालीन नेकपा एमालेको कैलाली जिल्ला अध्यक्ष थिए । उनी कैलाली जिल्ला निर्वाचन क्षेत्र ४ कै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
रासस

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।