कात्तिक २०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पूर्वाधार विकास योजना अन्तर्गत नव सिर्जना टोल सुधार उपभोक्ता समाजलाई बाटो ढलानका लागि छुट्याएको रकमको अन्तिम बिल भुक्तानी गरी दिने प्रयोजनका लागि सुवेदीले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।
आरोपी सुवेदीलाई विगोबमोजिमको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।
रासस




प्रतिक्रिया