६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगञ्ज उपमहानगरमा स्वास्थ्य केन्द्र भवन निर्माण



 

भदौ १७, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका २३ मा शहरी स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा ६५ लाख ९८ हजारको लागतमा सो भवन निर्माण भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत तोयानाथ सुवेदीले स्वास्थ्य केन्द्र भवन निर्माणबाट अत्यावश्यक स्वास्थ्य सेवा सहज हुने बताए । नवनिर्मित भवनको उपमहानगरपालिका कार्यवाहक प्रमुख प्रमोद रिजालले वडा कार्यालयलाई हस्तान्तरण गरे ।

उक्त स्वास्थ्य केन्द्रबाट खोप, परिवार नियोजन, सामान्य उपचार, परामर्श लगायतका सेवा शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख केशवराज गौतमले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १७ भाद्र २०७५, आइतबार ००:००