२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुलसीपुर उपमहागनरः कृषि उपज बजारको भवन शिलान्यास



 

कात्तिक १८, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आधुनिक फलफूल तथा तरकारी बजार भवनको निर्माण गर्ने भएको छ । तुलसीपुर उपमहागनरपालिकाका प्रमुख घनश्याम पाण्डेले शनिबार भवनको शिलान्यास गदै भवन निर्माणसँगै अब सडकमा फलफूल तथा तरकारी बिक्री गर्ने कार्य अन्त्य हुने बताए ।

दुई करोड ६९ लाख लागतमा आधुनिक कृषि उपज बजारको भवन निर्माण गरिने भएको हो । फलफूल तथा तरकारी बजारलाई व्यवस्थित गर्न तुलसीपुर उपमहानगरपालिकाले उक्त भवनको निर्माण शुरु गरेको हो । मावि सेन्टर स्कूलको १० कठ्ठा जग्गा १५ वर्षका लागि भाडामा लिएर भवन निर्माण गरिन लागेको तुलसीपुर उपमहागनरपालिकाका सवइञ्जिनीयर खड्क विकले जानकारी दिए ।

उनका अनुसार व्यापारीका लागि ४० स्टल र किसानका लागि पनि स्टल निर्माण गरिने भएको छ । सो भवनको पहिलो चरणको निर्माणको काम सम्पन्न २०७५ चैत २५ गतेभित्र भइसक्ने छ ।
रासस

प्रकाशित मिति : १८ कार्तिक २०७५, आइतबार ००:००