१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आँगनमै मोटर पुगेपछि स्थानीय उत्पादनले बजार पायो



 

कात्तिक १५, जाजरकोट– लुहादह । जुनिचाँदे गाउँपालिका–४ लुहादहकी ५५ वर्षीया रामकुमारी खड्का घर आँगनमै मोटर पुग्दा दङ्ग छिन् । उत्पादित फलफूल, तरकारी र अन्न सजिलै स्थानीय बजारसम्म पु¥याएर बिक्री गर्न पाउँदा उनी निकै खुशी भएकी हुन् ।

विगतमा फलेका तरकारी, फलफूल र अन्न बारीमै कुहिएर परिश्रम खेर गएको र दुःख गरेर उमारिएका वस्तुले बजारको पहुँच नपाउँदा भएको पीडा सुनाएकी कृषक खड्का अहिले आँगनमै मोटर पुगेपछि उत्पादित बस्तु बजारमा बिक्री गर्न सजिलो हुनुका साथै अर्थोर्पाजन पनि राम्रो भएको बताउछिन् ।

आफूले लगाएको सुन्तला, बदाम, अम्वा, अमिलो र कोदो बिहानै जिपमा राखेर बजारमा बिक्री गरी बेलुका घर फर्कँदा आनन्द हुने गरेको अर्का स्थानीयवासी श्याम खड्काको भनाइ छ ।

धान उत्पादन कम हुने यो गाउँमा अहिले मोटरमा बजारमा गई चामल ढुवानी गरी ल्याउनसमेत सजिलो भएको उनको भनाइ छ । उक्त गाउँपालिकाको कोताङ, मजकोट लगायत दर्जन गाउँमा उत्पादित वस्तुले मूल्य पाउँदा किसान खुशी छन् ।

अहिले गाउँपालिकाको प्रत्येक वडामा यातायातको पहुँच पु¥याउन सडक निर्माण कार्य जारी छ । सडकले हिँड्ने बाटोसमेत छोट्याइदिएको छ । तरकारी र कोदो यहाँको मुख्य उत्पादन भएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी बताउछन् ।

नुन, तेल, चामल आयात गरिन्छ भने तरकारी, कोदो, फलफूल यहाँबाट निर्यात गरिने उनको भनाइ छ । सडक सञ्जालले छोएसँगै यहाँका किसान व्यावसायिक बन्न थालेका छन् । उक्त गाउँपालिकाले सडक र विद्युत्लाई मुख्य योजना बनाएर काम गरिरहेको छ ।

जिल्लाको अत्यन्तै विकट र दुर्गम मानिएको सो गाउँपालिकामा विस्तारै विकासको मूल फुट्न थालेपछि किसान उत्साहित भएको स्थानीय अगुवा किसान प्रेमबहादुर बस्नेत बताउछन् । यहाँका बासिन्दाले टेलिफोन र स्वास्थ्य सेवासमेत प्रभावकारी बनाउन माग गरेका छन् ।

मोवाइलको टावर प्रभावकारी नहुँदा रुख र अग्लो डाँडामा गएर फोन गर्नुपर्ने बाध्यता अन्त्य गराउन उनीहरूले केन्द्रीय सरकारसमक्ष माग गरेका हुन् । गाउँपालिकाका अध्यक्ष केसीका अनुसार स्वास्थ्य सेवा र टेलिफोन टावरका विषयमा धेरै पटक ताकेता गरिए पनि सुनुवाइ भएको छैन ।

छेडा, थलह, चाँदे जुम्ला सडक निर्माण पूरा भएमा यहाँका स्थानीयवासीले ले राम्रो फाइदा लिनसक्ने अध्यक्ष केसीको भनाइ छ । गाउँपालिकाको आन्तरिक बजेटबाट गाउँगाउँमा सडक निर्माण जारी छ । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाको बजेटबाट ६० किलोमिटर भन्दा बढी सडक निर्माण गरिएको थियो ।
रासस

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहिबार ००:००