२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्माण शुरु भएको आठ वर्षपछि पुल सञ्चालन



 

कात्तिक १२, बाजुरा । बाजुराको प्रमुख सडक साफे–मार्तडी सडकखण्ड अन्तर्गत गुइगाड खोलामा निर्माण गरिएको मोटर गुड्ने पक्की पुल आठ वर्षपछि सञ्चालनमा आएको छ । ६० मिटर लम्बाइको गुइगाड पुल सम्झौता अवधि सकिएको आठ वर्षपछि मात्र निर्माण कार्य सकिएको हो । प्रजिअ बरालले सञ्चालनमा ल्याउन पहल गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी चेतराज बरालसहित प्रहरी नायब उपरीक्षक उद्धवसिहं भाट नेपाल पत्रकार महासङ्घका अध्यक्ष प्रकाश सिंहको टोलीले पुल उद्घाटन गरी सञ्चालनमा ल्याएको छ । यातायात सेवा सञ्चालन भएको १० वर्षपछि बाजुराको मुख्य सडकमा रहेको पुल सञ्चालनले बाजुरावासीमा ठूलो आशा जगाएको छ ।

करीब आठ वर्षअगाडि निर्माण हुन लागेको सो पुल निर्माण कार्य सम्पन्न भएको तीन महीनापछि सञ्चालनमा ल्याइएको प्रजिअ बरालले बताए । औपचारिक उद्घाटन नगरे पनि पुल सञ्चालनमा ल्याउन आवश्यक भएकाले सञ्चालनमा ल्याउने कार्य गरिएको र उद्घाटन नगरी सञ्चालन गरिएको हो प्रजिअ बरालले बताए ।

गुइगाडमा रहेको पक्की पुल निर्माण गर्ने जिम्मा कालिका कन्सट्रक्सनका भीम साउदको ठेक्का परेको थियो । पुल निर्माणका लागि जम्मा सात करोड ४६ लाख सात हजार रहेको छ । पुल निमार्णका लागि २०६८ सालमा ठेक्का सम्झौता भई २०७० साल असार मसान्तसम्म सक्नुपर्ने सम्झैता भए पनि २०७२ साल असारसम्म म्याद थपिएको थियो ।

विसं २०७० साउन मसान्तभित्र काम पूरा नभएपछि सडक विभागले पुनः काम गर्ने गरी सोही रकममा कम्पनीलाई म्याद थप गरेको थियो । तर २०७१ सालमा समेत पुल निर्माण गर्न नसक्दा पुनः तेस्रो पटक म्याद थपेर काम गरेको थियो ।
रासस

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार ००:००