२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलजला गाउँपालिकाः मल्लाजको डिलफाँट–कोतघर पदमार्ग निर्माण



 

असोज ३०, म्याग्दी । जलजला गाउँपालिका ३ मल्लाजको डिलफाँटदेखि कोतघर जोड्ने पदमार्ग निर्माण गरिएको छ । विकास नेपाल बेल्जियमको आर्थिक सहयोग र मल्लाजका बासिन्दाको श्रमदान गरी करिव नौ लाख नौ हजार ७५१ को लागतमा ३०० मिटर पक्की पदमार्ग निर्माण गरिएको हो ।

ढलान गरिएको उक्त पदमार्ग एक मिटर ६० सेन्टिमिटर फराकिलो रहेको निर्माण समितिका अध्यक्ष टेकबहादुर बरुवालले बताए । विकास नेपाल बेल्जियमको छ लाख ३३ हजार सहयोग र स्थानीयवासीले दुई लाख ७६ हजार ७५१ बराबरको श्रमदान गरेको सो विकास नेपालका प्रतिनिधि मौरीक्सले सोमबार उद्घाटन गरेका थिए ।

यसअघि सो संस्थाको ५९ लाख ८६ हजार ३५२ सहयोग र स्थानीयवासीको १७ लाख ३२ हजार ७७७ को लागतमा यसअघि बेनीको कालीपुलदेखि डिलफाँटसम्म एक हजार ३१५ मिटर सिढी र रेलिङसहितको पदमार्ग निर्माण गरिएकामा सो पदमार्गलाई विस्तार गरेर यसवर्ष कोतघरसम्म पु¥याइएको छ ।
रासस

प्रकाशित मिति : ३० आश्विन २०७५, मंगलबार ००:००