७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘सङ्घीयता बलियो बनाउन स्थानीय तह बलियो हुनुपर्छ’



 

असोज २३, बेंसीसहर । नेपाल कम्युनिष्ट पार्टी नेकपा का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले सङ्घीय संरचना अनुसार कर्मचारी व्यवस्थापन लगायत केन्द्र, प्रदेश र स्थानीय तहमा बजेट विनियोजन सम्बन्धी विषयलाई सहज बनाउँदै लगिने बताएका छन् ।

मङ्गलबार नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती लमजुङद्धारा यहाँ आयोजित कार्यक्रममा उनले दैनिक सुशासन/जनसेवा परिचालन तथा जनताको अधिकार घरदैलोमा पु¥याउन स्थानीय सरकारको परिकल्पना गरिएको बताए ।

जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले गुनासो अनुसार कर्मचारी समायोजनको व्यवस्थापन मिलाउनुपर्नेमा जोड दिए । सङ्घीयता बलियो बनाउन स्थानीय तह बलियो हुनुपर्ने उनको तर्क रहेको थियो ।
रासस

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलबार ००:००