२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहा नगरपालिकाको बजेट ७६ करोड

लेखक स्थानीय खबर १४ आश्विन २०७५, आइतबार १ मिनेट पढाइ

 

असोज १४, लहान । सिरहा नगरपालिकाले चालु आर्थिक वर्ष २०७५/७६ को लागि ७५ करोड ९१ लाख आयव्यय सार्वजनिक गरेको छ । नगरसभाबाट लिएको नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्न शनिबार आयोजित कार्यक्रममा नगर उपप्रमुख डा नमिता यादवले चालु आवको लागि सो बजेट पारित गरेको सार्वजनिक गरिन् ।

पूँजिगततर्फ वडा कार्यालयतर्फ १५ करोड ९० लाख, नगरपालिकातर्फ १२ करोड ८२ लाख, चालूतर्फ वडा कार्यालयतर्फ दुई करोड १२ लाख, नगरपालिका तर्फ १० करोड ६३ लाख, विषयगततर्फ २४ करोड ६६ लाख र सामाजिक सुरक्षा तर्फ नौ करोड ७८ लाख विनियोजन गरिएको छ ।

नगरपालिकाले चालू आवको तेस्रो महिनामा सार्वजनिक गरेको नीति, कार्यक्रम र बजेटमा राजश्व सङ्कलनबाट दुई करोड चार लाख ५४ हजार, गत आवबाट जिम्मेवारी सरेर आएको १७ करोड २५ लाख ४४ हजार, नेपाल सरकारबाट सर्शत, चालु, पूँजीगत अनुदान २४ करोड ६६ लाख, सङ्घीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १९ करोड ६७ लाख, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान एक करोड, ज्येष्ठ नागरिक दीर्घ सेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रमको नौ करोड ७८ लाख तथा राजश्व बाँडफाँडबाट एक करोड ५० लाख आयको अनुमान गरिएको छ ।
रासस

प्रकाशित मिति : १४ आश्विन २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।