२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवलपरासीको कैलाशधाममा लिफ्टबाट खानेपानी



 

असोज ११, कावासोती । नवलपरासीको प्रमुख धार्मिकस्थल कैलाशधाम दाउन्ने मन्दिर परिसरमा सौर्य ऊर्जामार्फत लिफ्टबाट पानी पु¥याइएको छ ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ को सो धाममा खानेपानीको सुविधा नहुँदा समस्या हुँदै आएको थियो । कैलाशधाममा विनयी त्रिवेणी गाउँपालिकाको २५ लाख र धामका सदस्य, पुजारी, बटुकसहित अन्य समाजसेवीबाट चन्दा सहयोग गरी ४७ लाखकोे लागतमा खानेपानी व्यवस्था गरिएको हो ।

गण्डकी प्रदेश र प्रदेश ५ को सीमा दाउन्ने पहाडमा रहेको सो स्थलमा दुई किलोमिटर दूरीको धुञ्चेखोला मुहानबाट पानी ल्याइएको हो । धुञ्चेको मुहानबाट ७७० मिटरको दूरीको शिवपुरी डाँडासम्म तानेर धाम परिसरमा पानी ल्याइएको हो । लिफ्टको प्रयोग भने २८२ मिटर उचाइमा पानी ल्याउन गरिएको छ ।

शिवपुुरी डाँडामा २५० वाट क्षमताका १६ वटा सौर्य प्यानल जोडिएको छ । चार हर्स पावरको मोटरले २८२ मिटर तल जमिन सतहबाट पानी तानेर शिवपुरीसम्म ल्याइएको मन्दिरका सल्लाहाकार संयोजक शालिकराम पौडेलले बताए । दाउन्ने बजारबाट करीब ४० मिनेटको उकालो चढेपछि मन्दिर परिसरमा पुगिन्छ ।

खानेपानीको सुविधा नहुँदा यहाँ आउने भक्तजन र पुजारीले आकाशको पानी सङ्कलन गरी प्रयोग गर्ने गरेका थिए । परमानन्द सन्या आश्रम ट्रस्ट कैलाशधाम दाउन्नेले गाउँपालिकासँग आग्रह गरी र अन्य सहयोग सङ्कलन गरेर खानेपानीको व्यवस्था गरेको हो ।

अझै शिवपुरीको डाँडामा पानी वितरण ट्याङ्की निर्माण गर्नुपर्ने भएपनि बजेट नहँुदा सिधै पानी वितरण गरिएको पौडेलले बताए । दैनिक सयौँ धार्मिक पर्यटक आउने यहाँ भारतबाट समेत पूजाअर्चनाका लागि भक्तजन आउने गर्दछन् ।
रासस

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहिबार ००:००