१४ मंसिर २०८२, शनिबार | Sat Nov 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङका स्थानीय तहलाई सत्र करोड वितरण



 

भदौ २२, विराटनगर । जिल्ला समन्वय समिति मोरङले आफ्नो आम्दानीको १७ करोड जिल्लाका १७ स्थानीय निकायलाई वितरण गरेको छ ।

जिल्ला समन्वय समितिको दोस्रोसभा बैठकले गत आवमा ढुङ्गागिटीबाट आम्दानी भएकामध्ये उक्त रकम १७ वटा स्थानीय निकायलाई एक एक करोड दरका रुपले वितरण गरेको समितिका प्रमुख नरेश पोखरेलले जानकारी दिए ।

जिल्ला समन्वय समितिले गत आव २०७४/०५७ मा जिल्लाका खोला नालाको ढुङ्गागिटीको ठेक्काबापत कूल २५ करोड ३१ लाख २३ हजार ८१५ आम्दानी गरेको थियो ।

जिल्ला समन्वय समिति मोरङले २०७५/०७६ का लागि पाँच करोड ८६ लाख ७६ हजार ५०० को अनुमानित आयव्यय पारित गरेको छ ।
रासस

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार ००:००