२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीगण्डकी नदीको कटानका कारण जोमसोम बजार जोखिममा

लेखक स्थानीय खबर १७ भदौ २०७५, आइतबार १ मिनेट पढाइ

 

भदौ १७, मुस्ताङ । कालीगण्डकी नदीको कटानका कारण मुस्ताङको सदरमुकाम जोमसोम बजार जोखिममा परेको छ । अधिक वार्षका कारण उक्त नदीमा पानीको सतह बढेर बस्तीतर्फ कटान गर्न थालेकाले जोखिम बढेको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले बताइन् ।

उनका अनुसार घरपझोङ गाउँपालिकाको जोमसोम, पुथाङ एयरपोर्ट, स्याङ र मार्फाको बस्ती नदीले कटान गर्दा छेउछाउमा रहेका करीब एकसय घरका साथै सरकारी कार्यालय भवनसमेत जोखिममा परेका छन् ।

कटान नियन्त्रण गरी जोमसोम बजार संरक्षणका लागि सर्वेक्षण गरी दीर्घकालीन योजनाका लागि प्रदेश र सङ्घीय सरकारका सम्बन्धित मन्त्रालयमा प्रस्ताव गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिइन् ।

प्रारम्भिक प्राविधिक अध्ययनअनुसार जोमसोम बजार संरक्षणका लागि ३२ करोड लाग्ने अनुमान गरिएको छ । गाउँपालिकाले गरेको प्रस्तावलाई महत्वका साथ सङ्घीय र प्रदेश सरकारको योजनामा समावेश गराउन पहल गरिएको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए ।
रासस

प्रकाशित मिति : १७ भदौ २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।