१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं एकः प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण



 

भदौ १४, पथरी– मोरङ । एक नं प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्वाहाङले आज दुई विधेयक प्रमाणीकरण गरेका छन् । प्रमाणीकरण गरिएका विधेयकहरूमा जिल्ला सभाको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ रहेका छन् ।

प्रदेशसभाको विभिन्न बैठकबाट पारित भई प्रदेश प्रमुखको कार्यालयमा प्रमाणीकरणका लागि प्राप्त हुन आएको दुवै विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागाईंले बताए । हालसम्म प्रदेशसभाबाट निर्णय भई आएका १५ वटा विधेयक प्रमाणीकरण भइसकेको प्रदेश सचिव गुरागाईंको भनाइ छ ।
रासस

प्रकाशित मिति : १४ भाद्र २०७५, बिहिबार ००:००