२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनीमा कृषि ज्ञान केन्द्र स्थापना



 

भदौ ११, म्याग्दी । गण्डकी प्रदेशको कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालयले आइतबार बेनीमा कृषि ज्ञान केन्द्र एवं भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गरेको छ ।

खारेज भएको कृषि विकास र पशुसेवा कार्यालयको सदरमुकामस्थित भवनमा केन्द्र स्थापना गरिएको हो । केन्द्रको उद्धघाटन गर्दैै कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री लेखबहादुर थापाले स्थानीय तहसम्म प्रदेश सरकारको उपस्थिति र पहुँच स्थापित गराउन कार्यालय स्थापना गरिएको बताए ।

साथै, म्याग्दी र मुस्ताङका स्थानीय तहहरूसँग समन्वय गर्न बेनीमा कार्यालय स्थापना गरिएको छ । “गण्डकी प्रदेशका ८५ वटा स्थानीय तह र ७ सय ५९ वटा वडालाई पोखराबाट संयोजन गर्न सम्भव नभएकाले जिल्लास्तरमा कार्यालयको स्थपना गरिएको हो ।”

गण्डकी प्रदेशका सांसद विनोद केसीले ज्ञान र विज्ञ केन्द्रमार्फत कृषकसम्म नयाँ प्रविधि, ज्ञान र सीपको विस्तार गर्नुपर्नेमा जोड दिए । कृषि र पशुपालनको माध्यमबाट रोजगारी सिर्जना र आयआर्जनको वातावरण बनाउनु पर्नेमा केसीले जोड दिए । रासस

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार ००:००