४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गेर्खु खोलाले सडक कटान गर्दा पासाङल्हामु राजमार्ग बन्द



 

भदौ ३, नुवाकोट । पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली–बेत्रवती खण्डको गेर्खुको पुलमा गेर्खु खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ ।

आज बिहान खोलामा आएको बाढीले विदुर नगरपालिका–१ र विदुर नगरपालिका–१० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडक नै कटान भएकाले निर्माणका लागि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाको ठेकेदारसँग सहकार्य गरी सडक सञ्चालनको प्रयास शुरु भएको प्रहरीले जनाएको छ ।
रासस

प्रकाशित मिति : ३ भाद्र २०७५, आइतबार ००:००