१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकीमा प्रदेशमा दुग्ध विकास बोर्डको विधेयक प्रमा प्रमाणित



साउन ३०, पोखरा । गण्डकी प्रदेशले दुग्ध विकास बोर्डको स्थापना तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणित गरेको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभाले पारित गरेको उक्त विधेयक प्रमाणिकरण गरेका छन् ।

प्रदेशसभाले साउन २१ गते पारित गरेको उक्त विधेयक बुधबार प्रमाणिकरण गरेका हुन् । नेपालको संविधान धारा २०१ को उपधारा ५ बमोजिम प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि यो विधेयक ऐन बन्ने व्यवस्था छ ।

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी उपसचिव विश्वप्रकाश न्यौपानेका अनुसार प्रमाणित विधेयक आन्तरिक मामिला तथा कानून मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभाको सचिवालय र सङ्घीय कानून तथा संसदीय व्यवस्था मन्त्रालयमा एक÷एकप्रति पठाइएको छ । रासस

प्रकाशित मिति : ३० श्रावण २०७५, बुधबार ००:००