२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँकेका गाउँ नेपालगञ्ज बजारको सडक सञ्जालसँग जोडिँदै



 

साउन २९, नेपालगञ्ज । बाँके जिल्लाका गाउँ नेपालगञ्ज बजारको सडक सञ्जालसँग जोडिँदै गएपछि विकासका पूर्वाधार पनि बढ्दै गएका छन् ।

कूल २३ वडा रहेको नेपालगञ्ज उपमहानगरपालिकामा अहिले ९० किलोमिटर कालोपत्रे सडक र नाला निर्माण भएको छ । एशियाली विकास बैंकको सहयोगमा नेपालगञ्जमा करीब चार अर्बको कालोपत्रे सडक र नाला निर्माणले नजीकका गाउँबस्तीलाई नेपालगञ्जसँग नजिक्याएको छ ।

उपमहानगरपालिकाको एकीकृत शहरी विकास आयोजनासँगै गाउँपालिकाबाट सञ्चालन भइरहेका कालोपत्रे सडक निर्माण कार्यक्रमले पनि नेपालगञ्ज र ग्रामीण भेगको दूरी क्रमशः घट्दै गएको छ ।

बाँकेको ग्रामीण क्षेत्रमा अहिले पक्की सडक र पुलपुलेसा निर्माण हुन थालेपछि नयाँ उद्योग र व्यवसाय स्थापना गर्ने क्रम बढेको पाइन्छ । “स्थानीय तहमा जनप्रतिनिधि आएपछि काम नहुने कुरै छैन”, “हामी यहाँ जनताको विकास गर्नै आएका हौँ । काम गर्ने क्रममा ढिलो चाँडो हुनसक्छ तर जनप्रतिनिधिले काम गर्दैनन् भन्नुहुँदैन”, नगर प्रमुख डा धवलशम्शेर राणाको भनाइ छ ।

नेपालगञ्ज नगरमा सडक विस्तार योजनासँगै अन्तर्राष्ट्रियस्तरको जलोद्यान निर्माण, रानी तलाउको जीर्णोद्धार, महेन्द्र पार्कको स्तरोन्नति, डम्पिङ साइट र आधुनिक बसपार्क निर्माणको काम पनि धमाधम भइरहेका छन् ।

यसैगरी उपमहानगरपालिकाले सञ्चालन गरेको हरियाली अभियान अन्तर्गत सुर्खेत सडकखण्डमा रुख रोप्ने कामलाई तीव्रता दिइएको छ ।
रासस

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलबार ००:००