६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चैनपुर नगरपालिकाको चित्लाङमा पहिरोको जोखिम



 

साउन २९, संखुवासभा । चैैनपुर नगरपालिका २ चित्लाङमा लगातार पहिरो गइरहेको छ । अविरल वर्षापछि यहाँ चार परिवार पहिरोको उच्च जोखिममा छन् ।

केही समय अघि डोजर प्रयोग गरी सडक खनेपछि यहाँ लगातार पहिरो जान थालेको हो । स्थानीयवासी घनश्याम गौतम, हरिनारायण गौतम, हेमलाल गौतम र दिनेश गौतमको घर पहिरोले पुरिने डर छ ।

स्थानीय भगवती माविका प्रधानाध्यापक माधवप्रसाद गौतमका अनुसार पहिरोका कारण चैनपुरस्थित बाल मन्दिरको पर्खाल भत्केको छ । सडक अवरुद्ध छ । विसं २०७२ वैशाखमा गएको भूकम्पबाट उक्त विद्यालयमा क्षति पुगेको थियो ।

विद्यालय पुनःनिर्माणका लागि स्थानीय उद्योगपति कृष्णगोपाल श्रेष्ठले ५० लाख सहयोग गरेका छन् । अहिले भवन निर्माण भइरहेको छ ।
रासस

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलबार ००:००